ब्याजदर बढाएर निक्षेप तान्ने होडबाजी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

ब्याजदर बढाएर निक्षेप तान्ने होडबाजी



काठमाडौं । लगानीयोग्य पुँजीको अभाव हुन थालेपछि बैंकहरुबीच ब्याजदर बढाएर निक्षेप तान्ने होडबाजी चलेको छ । यो खबर आजको नागरिकमा छापिएको छ ।

एक सताअघि मुद्धती निक्षेपमा १० प्रतिशत ब्याज दिने योजना ल्याएका बैंकले एक सातापछि साढे ११ प्रतिशत ब्याज भुक्तानी गर्ने गरी निक्षेप तानिरहेका छन् ।

निर्वाचनमा खर्च भएको रकम बैंकिङ प्रणालीमा आइनसकेको, बैंकले लिएको निक्षेपको अवधि पुसमसान्तमा सकिँदै गरेको र सरकारी ढुकुटीमा लगानीयोग्य रकम थन्किएको बैंकमा लगानीयोग्य रकम अभाव भएका बैंकहरु बताउँछन् ।

प्रकाशित : ११ पुष २०७४, मंगलवार १०:५९