काँग्रेसमा गृटबन्दीको खेलमा मलजल गर्दै रामचन्द्र « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

काँग्रेसमा गृटबन्दीको खेलमा मलजल गर्दै रामचन्द्र



काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता एवं प्रतिनिधि सभाको निर्वाचनमा पराजित उम्मेदवार रामचन्द्र पौडेलले जिल्ला सभापतिहरुसहितको गोप्य भेला गरेका छन् ।

ठमेलको एक होटलमा सोमबार राति ‘डिनरसहितको भेला’ बोलाएर उनले जिल्ला सभापतिहरुलाई निश्चित निर्देशन दिएका छन् ।

उनले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीलाई खत्तमै पारे पनि अहिले उनलाई तर्साउने र पार्टी सभापतिबाट राजीनामा माग्ने बेला नभएको प्रतिक्रिया दिएको पार्टीमा सहभागी एक जिल्ला सभापतिले भने ।

जिल्ला सभापतिहरुले रामचन्द्रको अनपेक्षित हारलाई सान्त्वना दिन छलफलमा डाकेको ती नेताले बताए ।

काठमाडौं १ बाट चुनाव जितेका प्रकाशमान सिंहसमेत पार्टीमा सहभागी थिए ।

रामचन्द्र पौडेल पक्षका १७–१८ जिल्लाका पार्टी सभापतिहरु डिनरसहितको भेलाम सहभागी थिए ।

भेलामा जितेकालाई बधाइ तथा हारेकालाई सान्त्वना दिएर आपसमा सन्तोष मनाउने काम भएको थियो ।

सूचना नचुहाउन भनिए पनि काँग्रेसी नेताहरु न हुन् सूचना दिन किन पो चुक्थे र !साँघुबाट

प्रकाशित : ११ पुष २०७४, मंगलवार १३:३९