उपत्यकामा तरकारी थुप्रियो, मूल्य सस्तियो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

उपत्यकामा तरकारी थुप्रियो, मूल्य सस्तियो



काठमाडौं। तराई क्षेत्रमा लगातारको बन्दका कारण कृषिउपजको मूल्य श्रृंखला (भ्यालु चेन) खलबलिएको छ । बन्द तराईकेन्द्रित भए पनि तरकारी, फलफूल, कुखुरा, माछा, दुधलगायतको  उत्पादनदेखि बजारीकरणसम्म प्रभावित बनेको छ । उपत्यका वरपर उत्पादित कृषिउपज यतै थुप्रिएर मूल्य सस्तिएको छ भने बाहिरका केन्द्रमा कुहिने समस्या बढेको छ ।

टमाटरलगायत हरियो तरकारीको आपूर्ति अहिले उपत्यका केन्द्रित भएको छ । यो सिजनमा पहिले सँधै कृषिउपजको मूल्य बढ्थ्यो । उपत्यका वरपर उत्पादित वस्तु तराईतिर निकासी गर्दा उपत्यकामा आपूर्ति कम भएर महँगो हुन्थ्यो । यसपटक भने तराई अशान्त हुँदा आपूर्ति ठप्प भएको छ । –कारोबारबाट

प्रकाशित : २० भाद्र २०७२, आईतवार ०३:३०