भिजन २०३०’ को मस्यौदा तयार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

भिजन २०३०’ को मस्यौदा तयार



काठमाडौं । सरकारले दीर्घकालीन विकास लक्ष्यसहितको ‘भिजन २०३०’ को अवधारणा पत्र तयार पारेको छ । नेपाललाई अतिकम विकसित देशको सूचीबाट मध्य आयस्तर भएको देशको रुपमा स्थापित गर्ने उद्येश्यसहित राष्ट्रिय योजना आयोगले सो अवधारणा पत्रको मस्यौदा तयार पारेको हो । विकास लक्ष्य सामाजिक–आर्थिक क्षेत्रको पुनर्संरचनामा केन्द्रित हुने आयोगले बताएको छ ।

दिगो रुपमा गरीबी घटाउने, मानव विकासलाई प्रवद्र्धन गर्ने र आर्थिक तथा सामाजिक रुपमा जोखीममा परेकालाई उच्चतम मानव सुरक्षा प्रदान गरी न्युन जोखीम भएको देश बनाउने ‘भिजन २०३०’ को उद्धेश्य रहेको छ । १५ वर्षपछिको नेपाल र नेपालीको स्थितिमा केन्द्रित मार्गचित्रसहित सो अवधारणापत्र तयार पारिएको आयोगले बताएको छ ।–अभियानबाट

प्रकाशित : २० भाद्र २०७२, आईतवार ०४:१६