पुरातत्व विभागको मापदण्ड अनुसार नै रानीपोखरीभित्रको पुनर्निर्माण गर्न महानगरलाई सरकारको निर्देशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

पुरातत्व विभागको मापदण्ड अनुसार नै रानीपोखरीभित्रको पुनर्निर्माण गर्न महानगरलाई सरकारको निर्देशन



काठमाडौं । सरकारले पुरातत्व विभागको मापदण्ड अनुसार नै रानीपोखरीभित्रको सबै भौतिक संरचना पुनर्निर्माण गर्न काठमाडौं महानगरपालिका (कामपा) लाई निर्देशन दिएको छ। रानीपोखरी निर्माणका विषयलाई लिएर महानगरपालिकाकै मेयर र उपमेयर बीच बिबाद देखिएपछि आज बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्देशन दिएको हो ।

२०७२ बैसाख १२ गतेको भूकम्पले क्षतिग्रस्त रानीपोखरी पुनर्निर्माणमा महानगरका मेयर र उपमेयरबीचमै बिबाद चकिएको छ । ऐतिहासिकता नमेटिने गरी पुनर्निर्माणको पक्षमा उपमेयर हरिप्रभा खड्गी छिन् भने आधुनिक संरचनासहितको पक्षमा मेयर विद्यासुन्दर शाक्य रहेका छन्।

रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर पुरातत्व विभाग आफैंले निर्माण गरिरहेको छ। अन्य संरचनाका लागि पनि पुरातत्व विभागले मापदण्ड तय गरेको छ। पुनर्निर्माणका क्रममा कंक्रिट प्रयोग गरी संरचना बनाउन थालिएको भन्दै विरोध हुन थालेको छ।

त्यस्तै आज बसेको मन्त्री परिषद् बैठकले स्वास्थ्य मन्त्रालयको सचिव मन्त्रालयकै १२ औं तहमा कार्यरत डा.उषा चौधरीलाई नियूक्त गर्ने निर्णय पनि गरेको छ।

प्रकाशित : १३ पुष २०७४, बिहीबार १३:११