नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा ५ अर्ब पठाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा ५ अर्ब पठाउने



काठमाडाै । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा ५ अर्ब पठाउने भएको छ। तरलता अभाब भएको भन्दै बैंकहरुले धमाधम ब्याजदर बढाएसंगै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुसँग रहेको विकास ऋणपत्र खरिद गरेर ५ अर्ब बैंकिङ प्रणालीमा पठाउन लागेको हो।

राष्ट्र बैंकले बजारमा तरलता कायम गर्नका लागि उनीहरुले किनेको ऋणपत्र सोझै खरिदको बोलकबोलको सूचना जारी गरेको छ। बैंकहरुले पुष १६ गते दिउँसो दुई बजेसम्म आफुसंग भएको बिकास ऋणपत्र के कति मुल्यमा बिक्रि गर्ने हो त्यससम्बन्धि जानकारी राष्ट्र बैंकमा गराउनु पर्नेछ। विकास ऋणपत्रको ब्याजदर भने बोलकबोलबाट तय हुने राष्ट्र बैंकले जनाएको छ ।

लगानी योग्य रकम अभाब भएको भन्दै बैंकहरुले महँगो ब्याजदरमा पैसा उठाउन थालेपछि राष्ट्र बैंकले बैंकहरुसंग रहेका ऋणपत्र खरिद गरेर बैंकहरुलाई रकम उपलब्ध गराउन लागेको हो। विकास ऋणपत्र बिक्रि पश्चात बैंकहरुमा ५ अर्ब जाने र त्यसले लगानीयोग्य रकमको अभाबलाई केहि सम्बोधन गर्ने राष्ट्र बैंकको बुझाई रहेको छ।

प्रकाशित : १४ पुष २०७४, शुक्रबार ११:०१