प्रिमियर इन्स्योरेन्सले कति पायो रेटिङ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

प्रिमियर इन्स्योरेन्सले कति पायो रेटिङ



काठमाडौं। प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले ६ लाख ५९ हजार ५६५ कित्ता फर्दर पब्लिक अफरिङ (एफपीओ) निष्कासन गर्न लागेको छ । इन्स्योरेन्सले संस्थापक र साधारण शेयरको अनुपात ५१ः४९ कायम गर्न उक्त परिमाणको एफपीओ बिक्री गर्न लागेको हो ।

इन्स्योरेन्सले एक सय रुपैंया अंकित मूल्यमा ६९९ रुपैयाँ प्रिमियम थप गरी ७९९ रुपैंयाको दरमा शेयर निष्काशन गर्ने भएको छ । कम्पनीको शेयर खरिदमा इच्छुक सर्वसाधारणले न्युनतम १० कित्ता अर्थात ७ हजार ९सय ९० रुपैयाँ देखि अधिकतम ३२९० कित्ता अर्थात २६ लाख २८ हजार ७१० रुपैयाँसम्मको आवेदन दिन सक्नेछन् ।

कम्पनीको एफपीओलाई इक्रा नेपालले ग्रेड थ्रि प्लस रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको अवस्था तुलनान्तमक रुपमा सकारात्मक रहेको जनाउँछ ।

कम्पनीको शेयरमा पुस १६ गतेदेखि छिटोमा पुस १९ गते र ढिलोमा माघ १५ गतेसम्म आवेदन दिन सकिनेछ । बुधबार दोस्रोबजारमा प्रिमियरको शेयर प्रतिकित्ता १५३५ रुपैयाँमा कारोबार भएको छ ।

अहिले इन्स्योरेन्सको चुक्ता पूँजी ४४ करोड ८५ लाख चार हजार रुपैयाँ रहेको छ । एफपिओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ५१ करोड ४४ लाख ६० हजार रुपैयाँ पुग्नेछ । इन्स्योरेन्सको एफपीओ निष्काशनकर्ता एनएमबि क्यापिटल रहेको छ ।

एफपीओमा बिक्री प्रबन्धक एनएमबि क्यापिटल, प्रिमियर इन्स्योरेन्स कम्पनी नारायाणचौर नक्साल काठमाडौं र नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय सस्थाबाट र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

प्रकाशित : १४ पुष २०७४, शुक्रबार १४:२१