एमालेले ग्रीन सिग्नल दिएपछि राष्ट्रपतिद्धारा अध्यादेश प्रमाणिकरण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एमालेले ग्रीन सिग्नल दिएपछि राष्ट्रपतिद्धारा अध्यादेश प्रमाणिकरण



काठमाडाै । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुप्रतिक्षित राष्ट्रिय सभा निर्वाचन अध्यादेश प्रमाणीकरण गरेकी छिन् । राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले राष्ट्रपतिले अध्यादेश प्रमाणीकरण गरेको पुष्टि गरे ।

फाईल फोटो

राष्ट्रियसभाको निर्वाचन कुन विधिबाट गर्ने भन्नेमा राजनीतिक सहमति नजुट्दा विधेयक प्रमाणिकरणमा ढिलाइ भएको थियो ।

एकल संक्रमणीय व्यवस्थाअनुसार राष्ट्रियसभा गठन गर्ने अध्यादेशमा उल्लेख छ । एमालेले बहुमतीय संक्रमणीय व्यवस्थाअनुसार राष्ट्रियसभा गठन गर्नु पर्ने माग राख्दै आएको थियो ।

तर एमालेले ग्रीन सिग्नल दिएपछि राष्ट्रपतिले आज अध्यादेश प्रमाणिकरण गरेकी हुन् । अध्यादेश प्रमाणिकरण भएसंगै राष्ट्रिय सभा गठन र नयाँ सरकार गठनको समेत बाटो खुलेको छ ।

प्रकाशित : १४ पुष २०७४, शुक्रबार १५:१३