समृद्ध नेपालको नेतृत्व अब निजी क्षेत्रले गर्नु पर्छः भवानी राणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

समृद्ध नेपालको नेतृत्व अब निजी क्षेत्रले गर्नु पर्छः भवानी राणा



हेटौँडा । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले समृद्ध नेपालको नेतृत्व अब निजी क्षेत्रले गर्ने बताउनुभएको छ ।

आज मकवानपुर उद्योग वाणिज्य संघको ५१औँ वार्षिक साधारणसभामा बोल्दै अध्यक्ष राणाले यस्तो बताउनुभएको हो । उहाँले नेपाल नयाँ युगमा प्रवेश गरेको भन्दै अब नयाँ नेपालमा हुने आर्थिक समृद्धिको नेतृत्व लिन उद्योगी व्यवसायी तयार हुनुपर्ने तर्क गर्नुभयो ।

कार्यक्रममा बोल्दै अध्यक्ष राणाले मकवानपुरको विकासको मूल प्रवाह निर्माणाधीन द्रुतमार्ग तथा निजगढ विमानस्थल रहेको भन्दै उहाँले मकवानपुरमा पर्यटन विकासको निकै सम्भावना भएको जिल्ला रहेको बताउनुभयो ।

कार्यक्रममा सांसदहरु कृष्णप्रसाद दाहाल, विरोध खतिवडा, उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकाललगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा पत्रकारितामार्फत मकवानपुर उद्योग वाणिज्य संघको गतिविधिलाई आमनागरिकबीच लगेको भन्दै पत्रकारहरु कृष्ण सारु, विवश अधिकारी तथा पुष्पराज अधिकारीलाई सम्मान गरिएको थियो ।

प्रकाशित : १५ पुष २०७४, शनिबार २१:०५