ओरालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

ओरालो लाग्यो नेप्से



काठमाडौँ । कारोबारको पहिलो दिन आज आइतबार नेप्से ओरालो लागेर बन्द भएको छ । आज नेप्स २४ दशमलव २ अंकले ओरालो लागेको छ। आज कारोबारमा आएको होटल समुह बाहेक अरु सबै समुहले गुमाएका छन । आज कारोबारमा आएका १५८ कम्पनीको १८ लाख २५ हजार १ सय ८२ कित्ता सेयरबाट ५८ करोड ७८ लाख २६ हजार ८ सय १० रुपैयाको कारोबार भएको छ।
आइतबार सबै भन्दा धेरै इन्स्योरेन्स समुहले गुमाएको छ। आज इन्स्योरेन्स समुह ८३ दशमलव ९ अंकले ओरालो लागेको छ। आज अन्य समुह ५५ दशमलव ८१ अंकले, लघुवित्त समुह ३७ दशमलव ५२ अंकले, विकास बैँक समुह १६ दशमलव ७७ अंकले, बैँक समुह १६ दशमलव ३५ अंकले, जलविधुत समुह १२ दशमलव २६ अंकले, उतपादनमुलक समुह ८ अंकले, ट्रेडिड. समुह ४ दशमलव ३९ अंकले र फाइनान्स समुह ३ दशमलव २१ अंकले ओरालो लागेको छ ।
आइतबार होटल समुह भने उकालो लागेको छ। आज होटल समुह ४ दशमलव ८८ अंकले उकालो लागेको छ ।

प्रकाशित : १६ पुष २०७४, आईतवार १५:३२