आशा लघुवित्तको बिक्री प्रवन्धकमा प्रभु क्यापिटल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

आशा लघुवित्तको बिक्री प्रवन्धकमा प्रभु क्यापिटल



काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर निष्कासन तथा कम्पनीको बिक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ । आइतबार सम्पन्न नियुक्ति सम्बन्धी सम्झौतामा आशा लघुवित्त वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलाल तथा शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका तर्फबाट महा-प्रबन्धक सुजिन शाक्यले हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात प्रभु क्यापिटलमार्फत कम्पनीले ३ लाख कित्ता कित्ता ३ लाख कित्ता कित्ता शेयर निष्काशन गर्ने भएको छ । सो मात्राको आइपीओ पश्चात कम्पनीको चुक्ता पूँजी १० करोड रुपैयाँ पुग्ने छ ।

प्रकाशित : १७ पुष २०७४, सोमबार ११:२४