मुद्रा अवमूल्यनका फाइदा र बेफाइदा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मुद्रा अवमूल्यनका फाइदा र बेफाइदा



काठमाडौं । यो वर्ष डलरसँगको विनिमयमा ब्राजिलीयन रियलमा २८ प्रतिशतको अवमूल्यन भइसकेको छ । टर्किस लिरमा २०, कोलम्बियन पेसोमा २३ र इन्डोनेसियाको रुपियाँमा ११ प्रतिशतको अवमूल्यन भएको छ । गत महिना चीनले आफ्नो मुद्रा युआनमा २ प्रतिशतको अवमूल्यन गरेको छ ।

यसलाई २ दशककै ठूलो कदमका रुपमा लिइएको छ । विज्ञहरुले चीनको यो कदमलाई अन्तराष्ट्रिय क्रेताका लागि निर्यात थप आकर्षक बनाउने मुख्य कदम भएको विश्वास गरेका छन् । कमजोर मुद्राले निर्यात बढाउने निश्चित छ र अन्ततः यसले अर्थतन्त्रलाई माथि उकास्छ ।

“२ वर्षको अवधिमा मुद्रामा भएको अवमूल्यनले राम्रो आर्थिक भूमिका निर्वाह गरे म आश्चर्यचकित हुनेछैन,” क्यापिटल इकोनोमिक्स प्रमुख बजार अर्थशाष्त्री नील सियरिङले भने । यद्यपि मुद्राको अवमूल्यनलाई यी मुलुकको कमजोर अवश्थाका रुपमा पनि लिइएको छ । एजेन्सी

प्रकाशित : २१ भाद्र २०७२, सोमबार १२:५९