पर्यटन पुनरुत्थानका लागि पोखरामा एयर फेष्टिवल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

पर्यटन पुनरुत्थानका लागि पोखरामा एयर फेष्टिवल



पोखरा । पर्यटन पुनरुत्थानका लागि पोखरामा एयर फेष्टिवल हुने भएको छ । नेपाल हवाई खेलकुद संस्थाको आयोजनामा आगामी असोज ९ र १० गते हिमालयन एयर फेष्टिवल गरुढा फन गर्न लागिएको हो ।

आयोजकले सोमबार पोखरामा पत्रकार सम्मेलन गरी फेष्टिवलबारे जानकारी दिएको हो । आयोजकले यस किसिमको फेस्टिवल नेपालमै पहिलोपटक गर्न लागिएको जनाएको छ ।

विश्व पर्यटन दिवसको अवसर पारेर गर्न लागिएको एयर फेष्टिवलको अवसरमा पोखराको आकाशमा प्याराग्लाइडिङ, अल्ट्रा लाइट र पावर प्याराग्लाइडिङबाट विभिन्न भेषभुषामा रंगिविरंगी ध्वजा–पताकासहितको प्रदर्शनी हुनेछ ।

फेष्टिवल संयोजक नतासा श्रेष्ठले भगवन गणेश, शिव–पार्वती, भगवती, गरुण, लक्ष्मीलगायतको भेषभुषासहित प्याराग्लाइडिङ, अल्ट्रा लाइट, पावर प्याराग्लाइडरहरु आकाशमा उडाइने बताए ।

फेष्टिवलमा १ सय नेपाली र ५० विदेशीसहित डेढ सय पाइलटले सहभागिता जनाउने छन् । नेपालमा भूकम्पपछि पनि जनजीवन सामान्य रहेको र पोखरा सुरक्षित छ भन्ने सन्देश दिन फेष्टिवल आयोजना गर्न लागिएको बताइएको छ ।

प्रकाशित : २१ भाद्र २०७२, सोमबार १३:०५