सेजन र एसआरसीएस बीच सम्झौता,आर्थिक पत्रकारलाई निःशुल्क पूँजीबाजार सम्बन्धी तालिम दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सेजन र एसआरसीएस बीच सम्झौता,आर्थिक पत्रकारलाई निःशुल्क पूँजीबाजार सम्बन्धी तालिम दिने



काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले सेक्युरिटिज रिसर्च सेण्टर एण्ड सर्भिसेज (एसआरसीएस) सँगको सहकार्यमा आर्थिक पत्रकारलाई निःशुल्क पूँजीबाजार सम्बन्धी तालिम दिने भएको छ । सेजन र एसआरसीएसबीच सो सम्बन्धी समझदारीपत्रमा सोमवार हस्ताक्षर भएको छ ।

समझदारीपत्रमा सेजन अध्यक्ष गोकर्ण अवस्थी र एसआरसीएसका अध्यक्ष रविन्द्र भट्टराईले हस्ताक्षर गरे । सम्झौताअनुसार सेजनको सिफारिसमा एसआरसीएसले पत्रकारहरुलाई निःशुल्क तालीम दिने छ ।

सो तालीम सात दिनको हुने र त्यसमा स्टक मार्केटसम्बन्धी जानकारी, प्राथमिक र दोस्रो बजार, कम्पनी छनोटका साथै कम्पनीका विवरण हेर्ने तथा शेयर बजार सम्बन्धी समाचार लिने र बुभ्mने तरिकाहरुका बारेमा विस्तृतमा जानकारी दिइने भट्टराईले जानकारी दिए ।
त्यसैगरी, सो तालीमले सेजन सदस्यहरुको क्षमता विकासमा सहयोग पुग्ने अवस्थीको भनाइ थियो ।

सन् १९९८ मा स्थापना भएको सेजनमा नेपालका छापा, रेडियो, टेलिभिजन तथा अनलाईन माध्यममा कार्यरत २४९ आर्थिक पत्रकार सदस्य छन् । त्यस्तै, एसआरसीएसले पूँजीबजार सम्बन्धमा अध्ययन अनुसन्धान र तालीम सञ्चालन र पुस्तकलगायत सामग्री प्रकाशन गर्दै आएको छ ।

प्रकाशित : २१ भाद्र २०७२, सोमबार १४:३७