लक्ष्मी बैंकको खुद मुनाफा २४ करोड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

लक्ष्मी बैंकको खुद मुनाफा २४ करोड



काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा लक्ष्मी बैंक लिमिटेडले २४ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोहि अवधिमा २३ करोड ३५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा बैंकको निक्षेप संकलन ३६ अर्ब ४६ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । यस्तै सोहि अवधिमा बैंकको कर्जा प्रवाह २९ अर्ब ९७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

बैंकले यस अवधिमा आफ्नो कुल निष्क्रिय कर्जा अनुपातलाई सुधारेको छ । समिक्षा अवधिमा बैंकको कुल निष्क्रिय कर्जा अनुपात १.३३ प्रतिशत रहेको छ । जबमा गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको सो अनुपात २.२१ प्रतिशत थियो ।

प्रकाशित : ४ जेष्ठ २०७२, सोमबार ०४:३६