सिद्धार्थ डेभलपमेण्ट बैंक र एकता विकास बैक एक आपसमा गाभिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सिद्धार्थ डेभलपमेण्ट बैंक र एकता विकास बैक एक आपसमा गाभिने



काठमाडौं । तिनकुने काठमाडौंमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको सिद्धार्थ डेभलपमेण्ट बैंक लिमिटेड र वुटवल केन्द्रीय कार्यलय रहेको क्षेत्रीय स्तरको एकता विकास बैंक लिमिटेड एक आपसमा गाभिने भएका छन। मंगलबार यी दुई बैंकले सो सम्बन्धि संझौतापत्रमा हस्ताक्षर गरेका छन ।

सम्झौतापत्रमा सिद्धार्थ डेभलपमेण्ट बैंक लिमिटेडका तर्फबाट मर्जर समितिका संयोजक तथा संचालक राम बहादुर भण्डारी र एकता विकास बैंकका तर्फबाट संचालक समितिका अध्यक्ष डा. ध्रुब प्रसाद ढकालले हस्ताक्षर गरेका हुन ।

२०७२ आषाढ मसान्तको अपरिष्कृत वित्तीय विवरण अनुसार दुवै बैंकको मर्जर पश्चात बन्ने डेभलपमेण्ट बैंकको ८४ करोड ५० लाख रुपैयाँ पुग्नेछ । हाल सिद्धार्थको ६४ करोड ५० लाख र एकताको २० करोड गरी चुक्तापूँजी रहेको छ र त्यस्तै सिद्धार्थको २ करोड र एकताको ५७ लाख गरी जग्डाकोष कुल २ करोड ५७ लाख रुपैयाँ पुग्नेछ र

सिद्धार्थको १८ र एकताको १० (एक Extension सहित) मर्जर पछि बन्ने नयाँ बैंकको शाखा संख्या कुल २८ रहनेछन ।

कुल निक्षेप सिद्धार्थको ६ अर्ब ९८ करोड र एकताको २ अर्ब २८ करोड गरी कुल ९ अर्ब २६ करोड, कुल कर्जा लगानी सिद्धार्थको ५ अर्ब ७० करोड र एकताको १ अर्ब ८३ करोड गरी कुल ७ अबै ५३ करोड, खुद मुनाफा सिद्धार्थको १६ करोड १८ लाख र एकताको ४ करोड ७६ लाख गरी कुल २० करोड ९४ लाख हुनेछ भने निष्कृय कर्जा ३.०६ प्रतिशत र कर्मचारी संख्या सिद्धार्थको १९० र एकताको ७६ गरी कुल २६६ हुनेछ ।

प्रकाशित : २१ भाद्र २०७२, सोमबार १४:३९