४८ मेगावाटका दुई आयोजना निर्माण गर्दै अपी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

४८ मेगावाटका दुई आयोजना निर्माण गर्दै अपी



काठमाडौं । अपी पावर कम्पनीले ४८ मेगावाट मेवा क्षमताका थप दुईओटा आयोजना निर्माण थाल्ने भएको छ। कम्पनीले निर्माण थाल्न लागेका आयोजनाहरुमा ८ मेगावाटको माथिल्लो नौगडगाढबा र ४० मेगावाटको माथिल्लो चमेलिया आयोजना भएको कम्पनीक अध्यक्ष गुरुप्रसाद न्यौपानेले जानकारी दिए । ‘नौगडगाढका लागि नेपाल  विद्युत प्राधिकरणसँग विद्युत खरीद सम्झौता  प्रक्रिया थालिएको छ,’ उनले भने, ‘माथिल्लो चमेलियाको भने सम्भाव्यता अध्ययन भइरहेको छ ।’ दुवै दार्चुला जिल्लामा पर्छन् ।

कम्पनीले १७ महिनामै ८ दशमलव ५ मेवाको नौगडगाढ आयोजना निर्माण सम्पन्न गरी व्यवासायिक उत्पादन थालेको उपलक्ष्यमा आइतवार ायोजित कार्यक्रममा उक्त घोषणा गरेको हो । दुवै आयोजना २ वर्षभित्र सम्पन्न गर्ने कम्पनीको योजना छ ।

प्रकाशित : २२ भाद्र २०७२, मंगलवार ०३:२०