हेर्नुस कुन कम्पनीले कति मूल्यको अाइपीअो जारी गर्दै छन् « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

हेर्नुस कुन कम्पनीले कति मूल्यको अाइपीअो जारी गर्दै छन्



जोशी हाइड्रो पावर

कम्पनीले पहिलो चरणमा स्थानीयको लागि ३ करोड ७१ लाख रुपैयाँ (३ लाख ७१ हजार कित्ता) सेयर जारी गर्ने भएको हो ।

 

मैलुङ खोला जलविद्युत कम्पनी
कम्पनीले सर्वसाधारणका लागि रु एक सय अंकित मूल्यमा रु सात करोड ३६ लाख २६ हजार ६०० को सात लाख ३६ हजार २८६ कित्ता सेयर जारी गर्न लागेको हो ।


माउण्टेन हाइड्रो नेपाल
यस कम्पनीले रू. १२ करोड ५० लाख बराबरको १२ लाख ५० हजार कित्ता आइपिओ बिक्रीका लागि निवेदन दिएको छ ।

रैराङ हाइड्रोपावर
यस कम्पनीले रु ८ करोड ४० लाख बराबरको ८ लाख ४० हजार कित्ता सेयर निष्कासन गर्ने तयारी गरेको छ ।

घलेम्दी हाइड्रो लिमिटेड
यस कम्पनीले स्थानीयबासीका लागि रु ५ करोड ५० लाख बराबरको साधारण सेयर जारी गर्ने तयारी गरेको छ ।

शुभम पावर कम्पनी
यस कम्पनीले ६ लाख कित्ता आईपिओ निष्काशन गर्ने जनाएको छ । आयोजना प्रभावितका लागि २ लाख कित्ता र बाँकी ४ लाख कित्ता सर्वसाधारण, कर्मचारी तथा सामूहिक लगानी कोषका लागि सेयर निष्काशन गने तयारी थालेको हो ।

 

पञ्चकन्या माई हाइड्रोपावर
इलामस्थित १२ मेगावाटको माथिल्लो माई र ६.१ मेगावाटको माथिल्लो माई ‘सी’ जलविद्युत् आयोजना प्रभावित सन्दकपुर गाउँपालिका र इलाम नगरपालिकाका स्थानीयवासीलाई छुट्याइएको १० प्रतिशत शेयर बिक्री गर्ने अनुमति पाएकाे छ ।  एक सय मूल्यको  ११ करोड बराबरको ११ लाख कित्ता सेयर निष्कासन गर्ने लागेको हो ।

सान्जेन जलविद्युत कम्पनी

चिलिमे जलविद्युत् कम्पनीको सहयाक कम्पनी सान्जेन जलविद्युत् कम्पनीले आइपीओ निष्कासनको अनुमति पाएको छ । कम्पनीलाई मंसिर २६ गते धितोपत्र बोर्डले स्विकृति दिएको हो ।

कम्पनीलाई पहिलो चरणमा ८७ लाख ६० हजार कित्ता सेयर निष्कासनको अनुमति दिए छ । साञ्जेनले र८७ करोड ६० लाख बराबरको रु एकसय अंकित दरका ८७ लाख ६० हजार कित्ता प्राथमिक सेयर निष्काशन गर्नेछ । यो आईपीओमा आम सर्वसाधारणले भने लगानी गर्न पाउने छैनन् ।

 

लुघिङ बुद्ध पावर नेपाल लिमिटेड
कम्पनीले आयोजना प्रभावित जनताका लागि रु नौ करोड ७८ लाख बराबरको नौ लाख ७८ हजार कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो ।

युनियन हाइड्रोपावर 
यस हाइड्रोपावरले सर्वसाधारणलाई रु २५ करोड रुपैयाँ बराबरको साधारण सेयर निष्काशन गर्ने तयारी गरेको छ ।

सिइडिबी हाइड्रो फण्ड
यस कम्पनीले १७ लाख ६१ हजार कित्तासाधारण सेयर निष्काशन गर्न लागेको छ ।

कालिका पावर कम्पनी
यस कम्पनीको रू. सयका दरले १८ लाख कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो, जसमा ६ लाख कित्ता स्थानीयका लागि र बाँकी १२ लाख कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ ।

युनिक हाइडेल कम्पनी
यस कम्पनीले रु पाँच करोड ५५ लाख बराबरको ५५ लाख कित्ता बराबरको आयोजना प्रभावित क्षेत्रका लागि साधारण सेयर निष्काशन गर्ने तयारी गरेको छ ।

 

प्रकाशित : २३ पुष २०७४, आईतवार १२:१४