उकालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

उकालो लाग्यो नेप्से



काठमाडौँ । सोमबार नेप्से उकालो लागेर बन्द भएको छ। आज नेप्से १२ अंकले उकालो लागेको छ। आज कारोबारमा आएको होटल समुह बाहेक अरु सबै समुहले कमाएका छन्। आज कारोबारमा आएका १५७ कम्पनीको ८ लाख ५५ हजार १ सय ३९ कित्ता सेयरबाट ४६ करोड ४६ लाख ३९ हजार ८ सय २० रुपैयाको कारोबार भएको छ।
सोमबार सबै भन्दा धेरै इन्स्योरेन्स समुहले कमाएको छ । आज इन्स्योरेन्स समुह १ सय २२ दशमलव १६ अंकले उकालो लागेको छ। आज अन्य समुह १२ दशमलव ७६ अंकले, बैँक समुह ९ दशमलव ०५ अंकले, विकास बैँक समुह ६ दशमलव ६२ अंकले, फाइनान्स समुह ३ दशमलव ७३ अंकले, जलविधुत समुह ३ दशमलव २३ अंकले, लघुवित्त समुह २ दशमलव ८५ अंकले, उतपादनमुलक समुह २ दशमलव ८ अंकले र टे«डिड. समुह १ दशमलव २७ अंकले उकालो लागेको छ ।
सोमबार होटल समुह भने ओरालो लागेको छ। आज होटल समुह १७ दशमलव ३७ अंकले ओरालो लागेको छ।

प्रकाशित : २४ पुष २०७४, सोमबार १५:१३