फर्निचर महासंघ अध्यक्षमा गिरी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

फर्निचर महासंघ अध्यक्षमा गिरी



काठमाडौं । नेपाल फर्निचर तथा फर्निसिग व्यवसायी महासंघको अध्यक्षमा भुपेन्द्र गिरी निर्वाचित भएका छन् । शनिबार राजधानीमा सम्पन्न तेश्रो वार्षिक साधारण सभा तथा दोश्रो अधिवेशनले गिरीको अध्यक्षतामा १९ सदस्यीय नयाँं कार्य समिति निर्वाचित गरेको हो ।

महासंघको प्रथम उपाध्यक्षमा सूर्य सुवेदी, द्धितीय उपाध्यक्षमा कृष्णप्रसाद ढकाल, तृतीय उपाध्यक्षमा सुजिल श्रेष्ठ सर्वसम्मत भएका छन् । साथै महासचिवमा कविन्द्र जोशी, कोषाध्यक्षमा ओम दाहाल, सचिवमा गोकुल श्रेष्ठ, सहसचिवमा खगेन्द्र केसी सर्वसम्मत भएका छन् ।

प्रकाशित : २४ पुष २०७४, सोमबार १८:१४