युनिलिभरको २२ औं साधारणसभा आश्विन १४ मा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

युनिलिभरको २२ औं साधारणसभा आश्विन १४ मा



काठमाडौं ।  युनिलिभर नेपाल लिमिटेडको यही साउन २५ गते बसेको सञ्चालक समितिको १३२ औं बैठकले आगामी आश्विन १४ गते २२ औं साधारणसभा गर्ने निर्णय गरेको छ ।  आम्रपाली बैंक्वेट, भाटभटेनी काठमाडौंमा गर्ने उक्त साधारणसभाले कम्पनी सञ्चालन सम्बन्धि सामान्य प्रस्तावसंगै एकल शेयर ग्रहण गर्ने अनुमतिको लागि युनिलिभर नेपाल लिमिटेडको प्रबन्धपत्रको दफा ८.३ र नियमावलीको नियम ९.३ लाई संशोधन गर्न विशेष प्रस्ताव समेत पारित गर्ने भएको छ ।

त्यस्तै प्रबन्ध निर्देशकको तलब तथा अन्य सुविधाहरुको वृद्धि पारित गर्ने जनाएको युनिलिभरले आफ्नो सामाजिकदायित्व कार्यक्रम अन्तर्गत सामाजिक तथा सामुदायिक परियोजनाहरुका लगि आर्थिक सहयोग गर्ने प्रस्ताव पनि स्विकृत गर्ने बताएको छ । त्यस्तै विनाशकारी भुकम्प पश्चात युनिलिभर नेपाल लिमिटेडद्धारा प्रधानमन्त्री राहतकोषमा प्रदान गरेको अनुदानको विशेष प्रस्ताव समेत पारित गर्ने बताइएको छ । त्यस्तै सभाले सञ्चालक समितिले पारित गरेको लाभांश पनि पारित गर्ने भएको छ ।

प्रकाशित : २२ भाद्र २०७२, मंगलवार १२:२२