स्ट्याण्डर्ड चार्टर्डको शतप्रतिशत वोनस शेयर पारित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

स्ट्याण्डर्ड चार्टर्डको शतप्रतिशत वोनस शेयर पारित



काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्ड बैङ्कको ३१ औं वार्षिक साधारणसभाले शतप्रतिशत वोनस शेयर पारित गरेको छ । बुधवार सम्पन्न भएको बैङ्कको साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो ।  सभा अध्यक्ष जितेन्दर अरोरा, प्रमुख कार्यकारी अधिकृत जोसेफ सिल्भानस तथा अन्य सञ्चालकको उपस्थितीमा सम्पन्न भएको हो ।

पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार बैङ्कको साधारणसभाले पारीत गरेको वोनश शेयर वितरण गरे पश्चात चुक्तापूँजी रू. ८ अर्ब १ करोड पुग्नेछ । हाल बैङ्कको चुक्तापूँजी रू. ४ अर्ब रहेको छ । बैङ्कले अधिकृतपूँजी वृद्धि गरी रू. ९ अर्ब पुर्याउने प्रस्ताव पारित गरेको छ ।

प्रकाशित : २७ पुष २०७४, बिहीबार ११:४४