पुर्व डेपुटी गभर्नर डा‍. हरिहरदेव पन्तको निधन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

पुर्व डेपुटी गभर्नर डा‍. हरिहरदेव पन्तको निधन



काठमाडौँ । नेपालको लघुवित्तका पिता भनेर चिनिने डा. हरिहरदेव पन्तको ७२ वर्षको उमेरमा निधन भएको छ ।

फोक्सोको क्यान्सरका कारण बिरामी परेका पन्तको काठमाडौँको अनामनगरमा रहेको आफ्नै निवासमा सोमबार बेलुका निधन भएको हो ।


नेपालमा लघुवित्त भित्र्याउने श्रेय पाएका पन्तलाई सरकारले फादर अफ माइक्रो फाइनान्स भनेर सम्मान पनि गरेको थियो ।

उनको अवधारणा र नेतृत्वमा नेपालमा निर्धन उत्थान बैंक पहिलो लघुवित्त बैंकको रुपमा स्थापना भएको हो ।

नेपाल राष्ट्र बैंकका पूर्व डिपुटी गभर्नरसमेत रहेका पन्तले राष्ट्र बैंकमा रहेका बेला र निर्धन उत्थान बैंकको स्थापनापछि पनि नेपालको गरिबी निवारण र वित्तीय संस्थामा गरिबको पहुँच बढाउन ठूलो योगदान पुर्‍याएका थिए ।

डा पन्तसँग झन्डै दुई दशकसँगै काम गरेका लक्ष्मी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत प्रकाश शर्मा नेपालमा लघुवित्तको जुन विकास भएको छ, त्यसको मुख्य श्रेय उनलाई नै जाने बताउँछन् ।

बङ्लादेशमा लघुवित्तले गरेको उदाहरणीय काम हेरेर स्वदेश फर्केपछि उनले सुरु गरेको लघुवित्त अभियान अहिले दर्जनौं लघुवित्त बैठकमार्फत चलिरहेको छ भने लाखौं ग्रामीण बासिन्दा लाभान्वित भएका छन् ।

उनका छोरा जनार्दन देव पन्त र उनकी पत्नी पनि बैंकिङ क्षेत्रमा आवद्ध छन् । जनार्दन देव पन्त नेपाल इन्भेष्टमेन्ट बैंकका सञ्चालक थिए ।

प्रकाशित : २२ भाद्र २०७२, मंगलवार १२:२५