टाटा मोटर्स् कार मेला सिजन-३ मा २२ सय भन्दा बढीले गरे अवलोकन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

टाटा मोटर्स् कार मेला सिजन-३ मा २२ सय भन्दा बढीले गरे अवलोकन



काठमाडौं । नेपालका लागि टाटा मोटर्सकाे आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले काठमाडौंमा आयोजना गरेको चार दिने टाटा मोटर्स कार मेला २२ सय दर्शकले अवलोकन गरेका छन् ।
मेला भदौ १७ देखि २० गतेसम्म काठमाडौंको नक्सालमा आयोजना गरिएको थियो । सिप्रदीको यो तेस्रो सिरिज् हो । कार मेलामा अवलोकनकर्ताले टाटाका विभिन्न गाडीहरुबारे जानकारी लिएका थिए ।
आयोजक सिप्रदी ट्रेडिङका अनुसार कार मेलामा करिब तीन सय ५० भन्दा बढीले टाटाका विभिन्न मोडलका गाडीहरु टेस्ट ड्राइभ गरे । ७४जनाले टाटाको गाडी किन्न बुकिङ गरेका छन् ।
मेलामा सहभागि एक सय ५० भन्दा बढी अवलोकनकर्ताले आफ्नो गाडीको मूल्याङ्कन गराएका थिए । कार मेलामा दर्शकको उत्साहजनक सहभागिता रहेको सिप्रदी ट्रेडिङले जनाएको छ ।
आयोजकका अनुसार मेला अवधिभर टाटा फेसबुक फोटो कन्टेस्टको संचालन गरिएको थियो । जसअन्तर्गत चार जना भाग्यशाली विजेताहरुले स्मार्टफोन प्राप्त गरेका थिए भने गाडी बुकिङ गर्नेमध्ये मिना मिश्र शर्मा र नम्रता योगीको जोडीले फ्रि दुबई ट्रिप प्राप्त गरेका थिए ।
त्यस्तै अन द स्पट गाडी एक्सचेन्ज अफर अन्तर्गत दिपक सेन रिजालले एक सेट मिसिलिन टायर प्राप्त गरे । टेस्ट ड्राइभमा दिपक रिजालले इन्र्भटर, कमल बहादुर थापा र शुशिल ओझाले लक्की बुकिङ्गमा गाडीको पूर्ण बीमाको सुविधा प्राप्त गरेका छन् । साथै राजु थापा, प्रियंका भण्डारी, कैलाश प्रसाद श्रेष्ठ, प्रदीप कडेंल र हरि सुन्दर भुजेलले गाडीको तेस्रो पार्टी बीमा सुविधाप्राप्त गरेका छन् ।

प्रकाशित : २२ भाद्र २०७२, मंगलवार १२:२८