राधीको आइपीओ बाँडफाँड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

राधीको आइपीओ बाँडफाँड



काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले निष्काशन गरेको साधारण शेयर (आइपिओ) बाँडफाँड भएको छ ।कम्पनीको शेयर निष्कासन तथा बिक्रि प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिंग लिमिटेडका अनुसार १० हजार १०२ आवेदकले गोला प्रथाद्धारा १० कित्ता तथा एक आवेदकले ११ कित्ताका दरले शेयर प्राप्त गरेका छन् ।

कम्पनीले पुस ३ गतेदेखि पुस ६ गतेसम्म ७ करोड ६४ लाख ५५ हजार रुपैयाँ बराबरको ७ लाख ६४ हजार ५५० कित्ता शेयर निष्काशन गरेको थियो ।  जसमा १ लाख ६६ हजार ३१७ वटा आवेदन परेको र आवेदकमध्ये १३२७ वटा आवेदन रद्द भएको बिक्री प्रबन्धकले जनाएको छ । सदरमध्ये १ लाख ६४ हजार ९९० आवेदकमध्ये ९५ हजार २१४ रित्तो हात फर्किएका छन् ।

प्रकाशित : ३ माघ २०७४, बुधबार ११:२४