एनआईसी एशिया बैंकको भाइबर बैकिङ्ग सेवा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एनआईसी एशिया बैंकको भाइबर बैकिङ्ग सेवा



काठमाडौं। एनआईसी एशिया बैंकले भाइबर बैकिङ्ग सेवा संचालनमा ल्याएको छ । उक्त भाइबर बैकिङ्ग सेवा ग्राहकले सहज रुपमा आफ्नो मोबाइल, ल्यापटप, ट्याबलेट, कम्प्युटर लगायतबाट प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।


भाईबर बैकिङ्ग सुबिधा लिनको लागि भाइबर Application मार्फत एन आई सी एशिया बैंकको Public Account लाई Subscribe गरी यस बाट आवश्यक जानकारी लिन सकिने छ ।

भाइबर बैकिङ्ग सेवा मार्फत ग्राहकहरुले एन्आईसी एशिया बैंकको शाखा कार्यालयहरु तथा एटिएम संञ्जालहरुबारे जानकारी लिन सकिने छ । त्यस्तैगरि,Loan Eligibility Checking, Online Account Opening, बैकिङ्ग समय सम्बन्धि जानकारी, बिदेशी बिनिमयदर सम्बन्धि जानकारी, Interest Rate सम्बन्धि जानकारी एवं बैंक सम्बन्धि अन्य आवश्यक जानकारी सजिलै प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

त्यस्तै गरी, एन आई सी एशिया बैंकको मोबाइल बैकिङ्ग सेवामा रजिष्टर भएको ग्राहकहरुले भाइबर बैकिङ्ग सेवा मार्फत आफ्नो खाताको सम्पूर्ण जानकारी सजिलै प्राप्त गर्न सकिने छ ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरुमध्ये एक हो । यस बैंकले देशभरी एक सय ५७ शाखा कार्यालयहरु, एक सय ४१ एटिएम एवंम् ४ एक्स्टेन्सन काउन्टरहरु मार्फत सेवा उपलब्ध गराइरहेको छ ।

प्रकाशित : ३ माघ २०७४, बुधबार ११:४७