अण्डाको भाउ घट्यो, प्रतिगोटा ८ रुपैयाँ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

अण्डाको भाउ घट्यो, प्रतिगोटा ८ रुपैयाँ



Eggs.jpg.pagespeed.ic.Wd62qQPM8Oकाठमाडौं : महाभुकम्पको करिब एक महिनापछि बजारमा अण्डाको भाउ घटेको छ । यसअघि बजारमा प्रतिगोटा १२ रुपैयाँ रहेको अण्डाको भाउ सोमबारदेखि ८ रुपैयाँ कायम गरिएको हो ।

नेपाल अण्डा उत्पादक संघले सोमबार सूचना प्रकाशित गरी केही दिनका लागि अण्डाको मूल्य घटाएको जानकारी दिएको छ । उसले सूचनामा भुकम्पपछि बजारमा प्रोटिनयुक्त खाद्यतत्व अभाव भएको बेला मूल्य घटाएको बताएको छ ।

‘भुकम्पको विपत्तिको बेलामा सर्वसाधारणहरुमा प्रोटिनको अभाव भएकाले सर्वसाधारणलाई राहत दिनका लागि अण्डाको भाउ प्रतिगोटा ४ रुपैयाँ घटाइएको हो अण्डा उत्पादक संघका कार्यकारी अधिकृत शिवप्रसाद बरालले भने ।

भुकम्पको महाविपत्तिपछि बजारमा ब्यापारीहरुले एउटा अण्डा १६ रुपैयाँसम्ममा बेचेका थिए । हाल नेपालमा दैनिक २० लाख वटा अण्डा उत्पादन हुँदै आएको छ । भुकम्पका कारण अण्डाको उत्पादन र उपभोगमा कमी नआएको बरालले बताए ।

प्रकाशित : ४ जेष्ठ २०७२, सोमबार ०६:३६