यूरोपबाट पठाएको पैसा सिटीमार्फत भुक्तानी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

यूरोपबाट पठाएको पैसा सिटीमार्फत भुक्तानी



काठमाडौं । सिगे मनी ट्रान्सफर र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटान्सबीच सेवा शुरु गर्न सम्झौता भएको । बेलायतको सिगे मनी ट्रान्सफरसँगको सम्झौतासँगै यूरोपबाट सिटी एक्स्प्रेसमार्फत रेमिटान्स भित्र्याउन सकिनेछ । सिगेको बिश्व भरी १३० भन्दा बढि देशहरुमा आफ्नै सञ्जालका ९० हजारभन्दा बढी एजेन्ट लोकेशन रहेका ।

 

यो सेवा सुरु भएपछी युरोप हुँदै अन्य देशहरुबाट सिगे मनी ट्रान्सफरले सिटी एक्सप्रेस मनीे ट्रान्सफर मार्फत नेपालको कुनै पनि बैंकको खातामा रकम जम्मा गर्न वा रकम प्रवाह गर्न सकिने जानकारी सिगेका पे्रसिडेन्ट जोसेफ अगिलरले बताए । उक्त सम्झौतामा सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डन र सिगे मनी ट्रान्सफरका पे्रसिडेन्ट जोसेफ अगिलरले हस्ताक्षर गरेका हुन् । उक्त कार्यक्रममा बोल्दै सिगेका पे्रसिडेन्ट जोसेफ अगिलरले सिटी एक्सप्रेससँग आगामी दिनमा थप नयाँ कार्यमा सहकार्य गर्ने बताए । विदेशबाट आएको रेमिटान्स सिटी एक्सप्रेसको नेपालमा रहेका ५ हजार भन्दा बढी एजेन्तमार्फत भुक्तानी लिन सकिनेछ ।

प्रकाशित : ३ माघ २०७४, बुधबार ११:५४