चीनिया नेताहरुले सोधे प्राधिकरण किन अलमलमा ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

चीनिया नेताहरुले सोधे प्राधिकरण किन अलमलमा ?



chinaकाठमाडौं । वैशाख १२ को गोरखा भूकम्पको राहत र उद्धारमा उदार बनेको छिमेकी चीनले  पुनःनिर्माणमा बढी चाँसो देखाएको छ । यद्यपि, उसले पुनःनिर्माणमा भइरहेको ढिलाई र  अलमलबारे सोध खोज गरेको छ ।

चीनका उच्च नेता यु झेङसेङ तथा उपप्रधानमन्त्री लीउ यान्दोङले ल्हासामा भएको अनौपचारिक भेटमा नेपाली महावाणिज्यदूत हरिप्रसाद बस्यालसँग पुनःनिर्माण्मा भइरहेको प्रगतीबारे सोधि खोजी गरे ।

’भूकम्पबाट भएको क्षतीप्रति दुःख व्यक्त गर्दै पुनःनिर्माणको कामबारे सोधेको महावाणिज्यदूत बस्यालले बताए । सोमबार साँझ ल्हासामा भएको संक्षिप्त अनौपचारिक भेटमा चिनियाँ कम्युनिष्ट पार्टी(सीपीसी) स्थाई समितिका सदस्य यु झेङसेङ तथा उपप्रधानमन्त्री लीउ यान्दोङले भनेकाे सुनाउँदै बस्यालले भने,– नेपालको पुनःनिर्माण र पूर्वाधार निर्माणमा निरन्तर सहयोग गर्न चीन तयार छ ।’

प्रोटोकल नमिल्ने भए पनि चिनियाँ नेताहरूले अनौपचारिक कुराकानी गरेको बताउँदै बस्यालले ’उच्च नेता यु र उपप्रधानमन्त्री लीउले उदारताका साथ संक्षिप्त कुराकानी गरेको सुनाए । उनका अनुसार दुवैको चासो नेपालको पुनःनिर्माणमा थियो ।

प्रकाशित : २३ भाद्र २०७२, बुधबार ०२:५३