दानबीरमा कहलिए बिनोद चौधरी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

दानबीरमा कहलिए बिनोद चौधरी



काठमाडौं । फोर्ब्स एशियाले हालै मात्र १३ देशका ४० दानवीरको सूची बनाएकोमा विश्वका अर्बपतिहरु मध्येका एक नेपालका उद्योगपति विनोद चौधरी एशियाका दानवीर व्यक्तिहरुको सूचीमा परेका छन् । जसमा पहिलोपटक नेपालीको नाम समावेश भएको हो ।

फोब्र्सले जनाए अनुसार दानवीरहरुको सूची बनाउँदा १वर्षमा गरिएको दानलाई अर्थात सहयोग मात्रै नहेरेर विगतका वर्षमा गरिएको सहयोग पनि मूल्याँकन गरिएको थियो । ठूला परियोजनाहरु निमार्ण तथा सञ्चालन गर्ने र समाजमा वर्चश्व स्थापित गरेकाहरुलाई यो सूचीमा समावेश गरेको फोब्र्सको भनाइ छ । त्यस्तै समाजसेवामा अत्यधिक उत्साही भएर लागि परेका केहि कम परिचित व्यवसायीहरुलाई पनि सुचीकृत गरिएको छ भने समाजसेवाको प्रवर्द्धन गर्न आफ्नो स्टार पावरलाई प्रयोग गर्न सक्षम व्यक्तिहरु पनि अटाएका छन् ।

६ दशक पार गरिसकेका चौधरीले नेपालमा गत वैशाखमा आएको विनाशकारी भूकम्पपछि राहत कार्यमा सक्रिय भएर खटेको फोब्र्सले उल्लेख गरेको छ । त्यसयता आफ्ुनो चौधरी फाउन्डेशन मार्फत २५ लाख नगद सहयोगको प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

कम्पनीको प्रधान कार्यालय क्षतिग्रस्त हुनुको बाबजुद पनि उनले आफूले सञ्चालन गरेका ८ विद्यालयहरुमा तत्कालै टहरामा सार्न आदेश दिए र आफ्नो उत्पादन वाई वाई चाउचाउ निःशुल्क वितरण गर्न लगाए । उनले भुकम्पबाट अत्यधिक क्षति भएका १२ जिल्लामा स्वास्थ्य कार्यकर्ताहरुको व्यवस्थापन समेत गरे’ फोब्र्सको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : २३ भाद्र २०७२, बुधबार ०२:५५