सिद्धार्थ बैंकको नाफा ७७ करोड २८ लाख « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सिद्धार्थ बैंकको नाफा ७७ करोड २८ लाख



काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा सिद्धार्थ बैंकको नाफा बढेको छ । गत पुससम्म बैंकले ७७ अर्ब २८ करोड रुपैयाँ खुदनाफा गरेको छ ।

गत आवको सोही अवधिमा बैंकले ७२ अर्ब ६० करोड रुपैयाँ नाफा गरेको थियो । बैंकले आइतबार सार्वजनिक गरेको चालु आवको ६ महिनाको वित्तीय विवरणले नाफा बढेको देखाएको हो ।

गत पुससम्म बैंकको खराब कर्जा अनुपात १.५, निक्षेप लागत ७.२८, सीडी रेसियो ७८.२७, आधार ब्याजदर १०.५८ र स्प्रेड दर ३.८० प्रतिशत रहेको छ । प्रतिसेयर आम्दानी २२ रुपैयाँ ६४ पैसा छ ।

समीक्षा अवधिमा बैंकको निक्षेप बढेर ८५ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकको ७४ अर्ब ९३ करोड रुपैयाँ निक्षेप थियो । यस्तै कर्जा लगानीमा पनि वृद्धि भएको छ ।

बैंकले ७५ अर्ब ६९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत आवको सोही अवधिमा बैंकको कर्जा लगानी ६२ अर्ब ६५ करोड रुपैयाँ थियो । बैंकको संचित कोषमा ४ अर्ब १० करोड रुपैयाँ छ । चुक्तापूँजी ७ अर्ब ५ करोड रुपैयाँ रहेको छ ।

प्रकाशित : ७ माघ २०७४, आईतवार १०:३८