महरानी एलिजाबेथ दोश्रो: शासनमा रेकर्ड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

महरानी एलिजाबेथ दोश्रो: शासनमा रेकर्ड



महारानी एलिजावेथ दोश्रो ब्रीटेनमा सबभन्दा लामो समय शासन गर्ने रानी बन्ने भएकी छन्।

उनले उनकी हजुर-हजुर-हजुरआमा महारानी भीक्टोरियाको रेकर्ड तोड्न लागेकी हुन्।

महारानीले अबको ब्रीटिश समय १७.५० मा शासन गरेको ६३ वर्ष सात महिना अर्थात २३,२२६ दिन १६ घण्टा ३० मिनेट हुनेछ।

प्रधानमन्त्री डेभीड क्यामरनले हाउस अफ कमन्समा दिइने सम्मानको नेतृत्वगर्नेछन्। र थेम्स नदीमा सलामी चढाइनेछ।

८९ वर्षीय महारानीले स्कटल्याण्डमा औपचारिक दायित्व बहन गर्दै दिन विताउनेछिन्।

उनी ठ्याक्कै कुन समयमा त्यो कोशेढुंगामा प्रवेश गर्छिन् थाहा छैन किनभने उनका पिता जर्ज छैठौंको ६ फ्रेब्रुअरी १९५२का दिन सवेरै निधन भएको थियो।बिबिसी नेपाली सेवा बाट

प्रकाशित : २३ भाद्र २०७२, बुधबार ०३:०२