नेको इन्सुरेन्सको ५० प्रतिशत हकप्रद शेयर माघ २६ गतेदेखि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेको इन्सुरेन्सको ५० प्रतिशत हकप्रद शेयर माघ २६ गतेदेखि



काठमाडौं । नेको इन्सुरेन्स कम्पनी लिमिटेडको ५० प्रतिशत हकप्रद शेयर माघ २६ गतेदेखि निष्कासन हुने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरमा ३९ लाख २० हजार ९२८.११ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।बिमा समितिले तोकेको १ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन कम्पनीले हकप्रद निष्कासन गर्न लागेको हो ।

हकप्रदमा माघ ९ गतेसम्म कायम शेयरधनीले माघ २६ गतेदेखि चैत १ गतेसम्म  आवेदन दिन सकिनेछ ।कम्पनीले निष्काशन गर्न लागेको हकप्रदलाई इक्रा नेपालले ग्रेड ३ प्रदान गरेको छ । जसले कम्पनीको आधारहरु औषत रहेको जनाउछ ।इन्सुरेन्सको शेयर निष्कासन तथा बिक्री एनएमबि क्यपिटल लिमिटेड रहेको छ ।

लगानीकर्ताले एनएबि क्यापिटल नागपोखरी र एनएमबि बैंकका उपत्यका भित्र चावहिल, कलंकी, सीतापाइला, तीनकुने, टेकु, बसुन्धारा, लुभु, ठैब र सूर्यविनायक शाखाबाट आवेदन दिन सक्नेछन् । उपत्यका बाहिर भने एनएमबि बैंकको बनेपा, बुटवल, धरान, विराटनगर, नेपालगञ्ज, धनगढी, पोखरा, वीरगञ्ज, जनकपुर, चितवन र विर्तामोड शाखाबाट आवेदन दिन सकिने छ। आस्वा सदस्य सबै बैंक तथा वित्तीय संस्थाबाट पनि हकप्रद भर्न पाइनेछ ।

प्रकाशित : ८ माघ २०७४, सोमबार ११:४६