घुससहित प्रहरी पक्राउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

घुससहित प्रहरी पक्राउ



काठमाडौ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित एकजना प्रहरीलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत असई रेशम खड्कालाई तीन लाख रकमसहित सोमबार पक्राउ गरेको हो। एक सेवाग्राहीलाई बार्गेनिङ गरी रकम लिँदै गरेको अरोपमा उनलाई पक्राउ गरेको हो।एक करोड ३० लाख बराबरको लेनदेनको कागज तयार पार्ने सहमतिमा एक व्यक्तिबाट असई खड्काले उक्त रकम लिएको अख्तियारले जनाएको छ।

प्रकाशित : ८ माघ २०७४, सोमबार १६:१५