मेगा बैकको वित्तीय अवस्था « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मेगा बैकको वित्तीय अवस्था



काठमाडौ । टुरिजम डेभलपमेन्ट बैंकसँग मर्जको प्रक्रिमा रहेको मेगा बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७४/७५ को दोसो त्रैमासमा खुद मुनाफा ३९ करोड ३६ लाख रुपैयाँ कमाएको छ, जुन अघिल्लो वर्षको सोहि अवधिको तुलनामा जम्मा ६ दशमलव १३ प्रतिशतले वृद्धि गरेको छ । बैंकले अघिल्लो वर्षको सोहि अवधिमा मुनाफा ३७ करोड ९ लाख रुपैयाँ कमाएको थियो ।

अघिल्लो वर्षको बैंकको ४ अर्ब १ करोड रुपैंया रहेको चुक्ता पूँजीबाट ८३ दशमलव ८७ प्रतिशतले बढेर ७ अर्ब ३७ करोड पुगेको छ । बैंकले ६५ प्रतिशत हकप्रद बिक्री गरेर पूँजी बढाएको हो र बैंकले ९.४५ प्रतिशत बोनस सेयर समेत प्रस्ताव गरेको छ । बोनसपछि बैंकको पूँजी आठ अर्ब नाघ्नेछ ।

बैंकले जगेडाकोषमा १ अर्ब ६७ करोड ६५ लाख रुपैयाँ राखेको छ । बैंकले निक्षेपमा १८ दशमलव ३२ प्रतिशतले वृद्धि गरी ४५ अर्ब ५७ करोड ३७ लाख रुपैयाँ संकलन गरेको छ । जसबाट बैंकले कर्जामा १९ प्रतिशतले बढेर ४० अर्ब ७६ करोड ७५ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानीमा सामान्य वृद्धि गरेता पनि संचालन मुनाफामा भने घटाएको छ, जसले गर्दा खुद मुनाफामा खासै वृद्धि देखिएको छैन ।

बैंकको निष्कृय कर्जामा शुन्य दशमलव ९६ प्रतिशत, जोखिम युत्त सम्पत्तिमा १८ दशमलव ५२ प्रतिशत, प्रतिशेयर आम्दानी १० दशमलव ६४ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ४३ दशमलव ०३ गुणा, प्रतिशेयर नेटवर्थ १२२ दशमलव ७३ रुपैयाँ र तरलता अनुपात २५ दशमलव ६५ प्रतिशत रहेको छ ।

प्रकाशित : १० माघ २०७४, बुधबार ११:२३