फेसबुक फोन एप्लिकेसन परिवर्तन हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रविधी

फेसबुक फोन एप्लिकेसन परिवर्तन हुने



विश्वचर्चित सामाजिक सञ्जालले आफ्नो सेवालाई प्रभावकारी बनाउन विभिन्न परिवर्तनलाइ जारी राखेको छ । यही परिवर्तनको क्रमलाई तिव्र पार्दै फेसबुकले आफेनो मोबाइल एप्लिकेसनलाई नयाँ बनाउने भएको छ ।

फेसबुकले जनाए अनुसार अव फेसबुकको मोबाइल एप्लिकेसनमा टाइमलाइन फरक स्थानमा देखिने छ । यस अघी बायाँ पट्टी आउने फेसबुक टाइमलाइन फिड अव देखि बिच भागमा आउने छ ।
त्यस्तै गरी प्रयोगकर्ताको नाम प्रोफाइल तस्विरको तलपट्टी हुने छ ।

फेसबुकका प्रवक्ताले मोबाइल संस्करणको फेसबुक एप्लिकेसन अनुसार फेसबुकले नयाँ मोबाइल संस्करणको परीक्षण गरिरहेको जानकारी दिँदै यसबाट नयाँपन आउने दावी गरेका छन् ।

प्रकाशित : २३ भाद्र २०७२, बुधबार ०३:११