कैलाश विकास बैंकको नाफामा सामान्य वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कैलाश विकास बैंकको नाफामा सामान्य वृद्धि



काठमाडौं। कैलाश विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७४/७५को दोस्रो त्रैमासमा खुद मुनाफा २६ करोड ६० लाख रुपैयाँ आर्जन गरेको छ जुन अघिल्लो वर्षको तुलनामा शुन्य दशमलव ८४ प्रतिशतले वृद्धि हो । अघिल्लो वर्षको सोहि अवधिमा खुद मुनाफा २६ करोड ३८ लाख रुपैयाँ कमाएको थियो ।

गत वर्षको सोहिअवधिको १ अर्ब ९७ करोड रुपैयाँ चुक्ता पूँजी भएको बैकले २७ दशमलव ६० प्रतिशत वृद्धि गरी हाल २ अर्ब ५२ करोड ६ लाख रुपैयाँ पुर्याएको छ । जसले जगेडाकोषमा ८० करोड १६ लाख रुपैयाँ राखेको छ । बैंकको निक्षेपमा २० दशमलव १० प्रतिशतले वृद्धि गरी १९ अर्ब ११ करोड ३४ लाख रुपैयाँ संकलन गरी कर्जामा १७ अर्ब ५१ करोड ९२ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानीमा १४ दशमलव २९ प्रतिशतले र संचालन मुनाफामा १७ दशमलव ५१ प्रतिशतले घटेको हुदा नाफा बढन सकेन । बैंकको जोखिम युत्त सम्पत्ति १७ दशमलव १२ प्रतिशत, निष्कृय कर्जा शुन्य दशमलव ५६ प्रतिशत, प्रतिशेयर आम्दानी २१ दशमलव ११ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १० दशमलव ९० गुणा, प्रतिशेयर नेटवर्थ १ सय ३१ दशमलव ८० रुपैयाँ र तरलता अनुपात २५ दशमलव ८३ प्रतिशत रहेको छ ।

प्रकाशित : १२ माघ २०७४, शुक्रबार १२:५७