नयाँ दिल्लीबाट प्रभू मनिट्रान्सफरको कारोबार सुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नयाँ दिल्लीबाट प्रभू मनिट्रान्सफरको कारोबार सुरु



काठमाडौं । प्रभू मनि ट्रान्सफरले भारतको नयाँदिल्लीबाट कारोबार सुरु गरेको छ । दिल्लीमा प्रभूको उपस्थितिसँगै अब भारतमा बस्दै आएका लाखौं नेपालीहरुले कानूनी माध्यमबाट सुरक्षितरुपमा नेपाल पैसा पठाउन पाउने भएका छन् ।

उक्त मुख्य शाखाबाट भारतमा रहेका हरेक नेपालीलाई नेपाली नागरिकताबाटै नेपालमा बैंक खाता खोल्न सकिने, रकम जम्मा गर्न सकिने तथा रकम पठाउन सकिने व्यबस्था गरेको प्रभू समूहका उपाध्यक्ष तथा प्रभू मनि ट्रान्सफरका सिइओ कुसुम लामाले बताइन् ।

यसअघि भारतबाट पैसा पठाउन हुण्डीको प्रयोग हुँदै आएको थियो । त्यस्तै, व्यक्तिहरु आफैंले मोटो रकम बोकेर आउने गर्दा लुटपाटको मस्या थियो । प्रभूको उपस्थितिले दुबैदेशका कामदारलाई फाइदा पुर्‍याएको छ ।

दिल्ली कार्यालयका उदघाटन भारतका लागि नेपाली राजदूत दिपकुमार उपाध्यायले गरे । सो अवसरमा उनले अब गैरकानूनीरुमा हुँदै आएको हुण्डीको कारोबार राकिने विश्वास व्यक्त गरे ।

भारतमा रहेका भारतीय बैंक तथा एजेण्ट मार्फत २००८ बाट रेमिट्यान्स कारोवार सुरु गरेको प्रभुले पहिलोपटक प्रत्यक्ष रुपमा भारतमा रहेका नेपालीमाझ सेवा विस्तार गरेको हो ।

प्रभूले भारतबाट नेपालमा पैसा पठाउनका लागि सहजिकरण गर्न निशुल्क रेमिट्यान्स कार्ड जारी गरेको छ । सोही कार्डबाट भारतमा जम्मा गरेको रकम नेपालमा रहेका कुनै पनि प्रभू मनि ट्रान्सफरको च्यानलबाट वा प्रभू बैंक र प्रभू कोअपरेटिबाट झिक्न सकिने छ ।

यसअघि भारतीय सरकारद्धारा जारी गरिएको कागजपत्रले मात्रै बैकिङ कारोबार गर्न पाउने व्यबस्था भएकोमा नेपाली नागरिकताबाटै कारोबार गर्न पाउने अख्तियार प्रभूले पहिलोपटक प्राप्त गरेको हो ।

प्रकाशित : २३ भाद्र २०७२, बुधबार ११:४४