भैरवकुण्डले ३१.८३ करोडको आइपीओ ल्याउँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

भैरवकुण्डले ३१.८३ करोडको आइपीओ ल्याउँदै



काठमाण्डौ । भैरवकुण्ड हाइड्रोपावर कम्पनीले निकट भविष्यमै सर्वसाधारणका लागि ३१ करोड ८३ हजार बढीको आइपीओ निश्कासन गर्ने भएको छ ।

कम्पनीले  फागुन ९ गते १५ औं वार्षिक साधारणसभा आह्वान गर्दै १०० रुपैयाँ दरका कुल ३१ लख ८३ हजार २ सय ८० कित्ता साधारण सेयरको प्राथमिक निश्कासन(आइपीओ)को प्रस्ताव गरेको छ ।

यो कम्पनीले संस्थापक बाहेकको अन्य समूहलाई छुट्याइएको ४८.९७ प्रतिशतले हुन आउने ३१.८३ करोड मूल्यको आइपीओ निश्कासनको प्रस्ताव गरेको छ ।

साधारणसभाबाट प्रस्ताव पारित भएपछि कम्पनीले स्वीकृतिका लागि बोर्डमा आवेदन दिनेछ । बोर्डले स्वीकृति दिएपछि सर्वसाधारणका लागि आइपीओ निश्कासन गरिनेछ ।

 

प्रकाशित : १७ माघ २०७४, बुधबार ११:१८