प्रिमियर इन्स्योरेन्सको एफपीओ बाँडफाँड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

प्रिमियर इन्स्योरेन्सको एफपीओ बाँडफाँड



काठमाडौं । प्रिमियर इन्स्योरेन्सले निष्कासन गरेको ६ लाख ५९ हजार कित्ता एफपीओको बाँडफाँड भएको छ । एनएमबी क्यापिटलले बिहीबार प्रिमियरको एफपीओ गोलाप्रथाद्वारा बाँडफाड गरेको हो । एफपीओमा जम्मा १ लाख ८९ हजार ३ सय २१ जनाले आवेदन दिएकोमा १ लाख ८६ हजार ४ सय ७२ आवेदनलाई वैध मानी बाँडफाँड गरिएको हो । आवेदन दिएका मध्ये ५६ हजार ९ सय ५१ जनाले १० कित्ता ५ जनाले ११ कित्ता एफपीओ पाएको छ ।
३७ लाख ८७ हजार एक सय ८० कित्ता एफपीओका लागि आवेदन परेको थियो । २ हजार ८ सय ४६ जनाको आवेदन भने रित नपुगेका कारण रद्द गरिएको एनएमबी क्यापीटलले जनाएको छ ।

प्रिमियर इन्स्योरेन्सले निष्कासन गरेको ६ लाख ६५ हजार ५ सय ६५ कित्ता एफपीओमा १ लाख ८३ हजार ८ सय ४६ वटा आवेदन परेका थिए । कुल ५२ करोड ६९ लाख ९२ हजार ४ सय ३५ रुपैयाँ बराबरको एफपीओका लागि ३ अर्ब २२ करोड ५८ लाख रुपैयाँ बराबरको आवेदन परेको थियो ।इन्स्योरेन्स कम्पनीले १०० रुपैयाँ फेस भ्यालूमा ६९९ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ७ सय ९९ रुपैयाँको दरले एफपीओ बिक्री गरेको हो ।

एफपीओ बिक्रीपछि प्रिमियमबाट मात्रै यो कम्पनीले ४६ करोड १० लाख बढी आम्दानी गर्नेछ । यो रकम सञ्चित कोषमा जम्मा हुनेछ । बीमा समितिले निर्जीवन बिमा कम्पनीको न्यूनतम चुक्तापुँजी १ अर्ब रुपैयाँ हुनुपर्ने व्यवस्था गरेको छ । यो हिसाबले यो कम्पनीले आगामी दिनमा प्रिमियमबाट प्राप्त रकमको समेत सदुपयोग गर्दै लगानीकर्तालाई निकै राम्रो बोनस शेयर दिनसक्छ ।

प्रकाशित : १८ माघ २०७४, बिहीबार ११:०२