नेपाली सेनाको भैरवनाथ गणमा बम बिस्फोट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेपाली सेनाको भैरवनाथ गणमा बम बिस्फोट



काठमाडौं । काठमाडौंको महाराजगञ्जस्थित नेपाली सेनाको भैरवनाथ गणमा बम बिस्फोट भएको छ । शुक्रबार बिहान करिब ९ बजेतिर बम बिस्फोट हुँदा चार सैनिक घाइते भएका छन् ।

बिहान पिटी खेलीसकेपछि युनिट बेसिक कोर्स चल्दै गर्दा प्रशिक्षकले प्लाष्टिक ग्रिनेटको पिन थुतेर सिकाउन खोज्दा विस्फोट भएको बताइएको छ । बम विस्फोट हुँदा प्रशिक्षकसहित ४ जना सैनिक घाइते भएको र घाइतेको महाराजगञ्ज शिक्षण अस्पतालमा उपचार भएको बताईको छ ।

प्रकाशित : १९ माघ २०७४, शुक्रबार १२:०८