भूकम्प पीडितलाई थपेको १ लाख अाउदैन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

भूकम्प पीडितलाई थपेको १ लाख अाउदैन



काठमाडौं । राष्ट्रिय पूननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुषालले भुकम्प पीडितलाई थप एक लाख दिने गरी शेरबहादुर देउवा नेतृत्वको सरकारले निर्णय अहिले कार्यान्वयनमा आउन नसक्ने स्पष्ट पारेका छन् ।

शनिबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै प्राधिकरणका सिईओ भुषालले प्राधिकरणलाई निर्णयबारे औपचारिक जानकारी नभएको समेत बताए । उनले भने,‘एक लाख रकम थप्ने निर्णय भएको जो कुरा बाहिर आएको छ, यसबारे हामीकहाँ हिजोको मितिसम्म कुनै जानकारी आएको छैन्, यदि निर्णय गरेर हामीकहाँ आयो भने पनि यो रकम दिन यो आर्थिक वर्षभित्रै दिन सक्ने संभावना छैन, अर्को नयाँ सरकार नआएसम्म सम्भव छैन।’भुषालले आफू अर्थ मन्त्रालयमा बसेर काम गरिसकेको व्यक्ति भएकोले यो वर्ष थप रकम दिन नसकिने जिकिर गरे ।

उनले पुननिर्माणका कार्यहरु दु्रत गतिमा भैरहेको पनि जानकारी दिए । पीडितका आँशु पुछनेगरि आफूहरुले काम गरिरहेको उनले विश्वास दिलाए । उनले भने,‘आउने बैशाख १२ गते भुकम्प दिवस पनि हो, त्यतिवेला अर्को नतिजा दिनेगरि केही योजनासहितका काम गर्छौं।’
त्यस्तै उनले यही माघ मसान्तभित्रै १ लाख घर निर्माण भैसक्ने र ३ लाख निर्माण जारी राख्ने विश्वास दिलाए । उनले प्राधिकरणलाई अझै १३ अर्ब रुपैयाँ आवश्यक पर्नसक्ने पनि जनाए ।a

आफूहरु यो वीचमा आउने सबै खाले गाँठाहरु फुकाउँदै अघि बढिरहेको उल्लेख गर्दै उनले भने,‘हामी गाँठाहरु फुकाउने क्रममा छौं, प्राविधिकहरु सदरमुकाममा बस्न रुचाउँछन्, किनकी सुगम हुन्छ, यसले गर्दा पनि गाउँगाउँमा केही समस्या परेको छ, प्राविधिकहरुको अभाव छ, तर यसलाई पनि हल गर्नेगरि हामीले सबै प्राविधिकहरुलाई स्थानीय तहसम्मै पुर्याउनको लागि त्यही अनुसार बजेट विनियोजन गरेका छौं, अतिप्रभावित १४ जिल्ला र प्रभावित १८ जिल्लाका स्थानीय तहहरुमा कर्मचारी खटाएका छौं।’

प्राविधिकहरुले सिफारिह नगरेसम्म दोस्रो र तेस्रो किस्ता दिन नमिल्ने भएकोले उक्त समस्या हल गर्नको लागि आफूहरुले गम्भिर पहल लिएको उनले बताए । त्यस्तै उनले विगतमा डकर्मीको काम गरेकाहरुलाई पनि आफूहरुले तालिम दिने व्यवस्था गरेको सुनाए ।

त्यस्तै उनले नीजी आवास निर्माणको लागि ढुँगा, बालुवा, गिटीको कुनै अभाव नभएको पनि स्पष्ट पारे । उनका अनुसार काठको पनि कुनै अभाव छैन । भुषालले थपे,‘यो बीचमा निर्माण सामाग्रीको मुल्य वृद्धि भएको थियो, तर हामीले प्राधिकरणमा छलफल गरेर छुटको व्यवस्था गरेका छौं, अब उहाँहरुले भाउ घटाउनुभएको छ।’

भुषालले यही माघ १ गतेको कार्यविधिले अशक्त, एक महिला, टुहुराटुहुरीको लागि प्राधिकरणले आफै घर निर्माण गरिदिने भएकोले सोही अनुसार प्राधिकरणले काम गरिरहेको पनि सुनाए ।

प्रकाशित : २० माघ २०७४, शनिबार १८:५४