प्रोस्टाइल “कृ”चलचित्रसँग आबद्ध « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

प्रोस्टाइल “कृ”चलचित्रसँग आबद्ध



काठमाडौँ।डाबर नेपालको पुरुषहरूलाई लक्षित गरी उत्पादन गरिएको प्रोस्टाइलले प्रदर्शनरत चलचित्र“कृ” सँग आबद्ध भएको कुरा रोयल इम्पिरियल बुटिक होटल, काठमाडौँमा मिडियाकर्मी तथा“कृ”चलचित्रका अभिनेता तथा प्राविधिकका बीच आयोजित एक कार्यक्रमका बीच घोषणा गरेको छ । प्रोस्टाइल यो आबद्धतासँगै नै “कृ”चलचित्रको आधिकारिक स्टाइलिङ पार्टनर भएको छ ।
चलचित्रका नायक तथा प्रोस्टाइलका ब्रान्ड एम्बेसेडर अनमोल केसीले प्रोस्टाइलले आयोजना गरेको “अनमोल फ्यान मोमेन्ट्स” फेसबुक ग्राहक योजनाका विजेताहरूलाई “कृ”को प्रिमियर कार्यक्रमको टिकट वितरण गरेका थिए । सोही कार्यक्रममा प्रोस्टाइल म्यानहन्ट इन्टरनेशनल नेपाल २०१७ का विजेता ध्रुव बुढाथोकी तथा“कृ”चलचित्रका निर्देशक सुरेन्द्र पौडेलले गोलाप्रथाबाट विजेताहरूको नाम घोषणा गर्नुभएको थियो । १० जनाविजेताले आफ्ना साथीहरूका साथमा यही २४ माघ २०७४ का आयोजना हुने “कृ”को प्रिमियर कार्यक्रममा चलचित्र हेर्न पाउनेछन् ।
“अनमोल फ्यान मोमेन्ट्स”मा सहभागीहरूको अत्यन्तै उत्साहजनक सहभागिता रहेको कुरा डाबरले जनाएको छ । १२ माघ मा सुचारू गरिएको यो कार्यक्रमबाट १५ हजारभन्दा बढी लाइक, ४ हजारभन्दा बढी कमेन्ट तथा ४ लाखभन्दा बढी भ्यु प्राप्तभएको थियो ।
डाबर नेपालका सेल्स तथा मार्केटिङ प्रमुख उपेन्द्र प्रधानले भन्नुभयो, “कृ चलचित्रसँग आबद्ध हुनु हाम्रो लागिगर्वको विषय हो । विगत २ वर्षदेखि अनमोल केसी हाम्रो ब्रान्ड एम्बेसेडर हुनुहुन्छ र उहाँकै चलचित्रको स्टाइलिङ पार्टनर हुनु हाम्रालागि उपयुक्तपनि छ । हाम्रो डिजिटल कार्यक्रम पनि उति नै चर्चित रह्यो । हामी आशा गर्छौँ, चलचित्रले पनि धेरैभन्दा धेरै चर्चा हासिल गरोस् ।”
“कृ”चलचित्रका निर्देशक सुरेन्द्र पौडेलले भन्नुभयो, “चलचित्रको प्रवर्धनमा प्रोस्टाइलको सहयोगका लागि हामी कृतज्ञ छौँ । “कृ” यो वर्षकै सबैभन्दा अपेक्षित चलचित्र हो । यो आवद्धताले दर्शकहरूको अपेक्षालाई पूरा गर्ने हाम्रो विश्वास छ ।”
“कृ” २०७४ माघ २६ गते प्रदर्शनमा आउने सुरेन्द्र पौडेलद्वारा लिखित तथा निर्देशित नेपाली कथानक चलचित्र हो जसलाई सुवास गिरी तथा भुवस केसीले निर्माण गरेका हुन् । चलचित्रमा अनमोल केसीसँगै अनुप विक्रम शाही तथा अदिती बुढाथोकीलाई देखिनेछ ।

प्रकाशित : २३ माघ २०७४, मंगलवार १२:०४