एलआईसी नेपालको ‘पेन्सन बीमा योजना’, आजीवन पेन्सनको सुविधा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एलआईसी नेपालको ‘पेन्सन बीमा योजना’, आजीवन पेन्सनको सुविधा



काठमाडौं । लाईफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालले ‘पेन्सन अब नो टेन्सन’ भन्ने सन्देशका साथ ‘जीवन अक्षय १’ नामक नयाँ बिमा योजना सार्वजनिक गरेको छ । एलआईसीले पेन्सन योजना ४० देखि ७५ वर्ष उमेरसम्मका मानिसलाई लक्षित गरेर बजारमा ल्याएको हो ।

 

कम्पनीको उक्त योजना बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईले सोमबार सार्वजनिक गरेका हुन् । ‘जीवन अक्षय १’ योजना चालु हुनासाथ पेन्सन लिन मिल्ने भन्दै कम्पनीले यो योजना नेपालको पहिलो र एकमात्र योजना भएको दाबी गरेको छ । यस योजनामा बीमितको मृत्यु पश्चात खरिदको मूल्य फिर्ता हुनेगरि सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।

साथै, बीमितलाई आजिवन पेन्सन, बीमितको मृत्यु पश्चात बीमितको श्रीमान वा श्रीमतीलाई बीमितले पाउने गरेको पेन्सनको ५० प्रतिशत रकम आजीवन दिइने जनाइएको छ ।

बीमा समितिबाट पारित भएको एलआईसीको यस योजनामा ग्राहकले सार्वधिक ११ दशमलव ७७ प्रतिशत सम्मको रकम पेन्सन पाउन सक्छन् । एलआईसी नेपालका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत अभिजितघोष दस्तिरले आमनागरिकलाई पेन्सनको माध्यमबाट आर्थिक सुरक्षा दिन सक्ने कुरामा कम्पनी विश्वस्त रहेको बताए ।

प्रकाशित : २३ माघ २०७४, मंगलवार १२:१५