एकीकृत नमूना दलित बस्ती राष्ट्रपतिबाट हस्तान्तरण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एकीकृत नमूना दलित बस्ती राष्ट्रपतिबाट हस्तान्तरण



रौतहट। धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरेको सन्तपुर एकीकृत नमूना दलित बस्तीको हस्तान्तरण राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी छिन् । मंगलबार एक समारोहकाबीच उक्त साँचो दलित बस्तीलाई हस्तान्तरण गरिएको हो ।

हस्तान्तरण कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले कलाकारद्वय धुर्मुस–सुन्तलीले समुदायको विकासका लागि अतुलनीय काम गरेको बताइन् । साथै उनले देशलाई समृद्ध बनाउने काम सरकारको भए पनि धुर्मुस–सुन्तलीले राज्यले गर्नुपर्ने काम गरेको कुरा उल्लेख गरिन् ।

कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी निर्देशक युवराज भुसाल, हास्य कलाकार महजोडी लगायत अन्यको उपस्थिति रहेको थियो ।

कट्टेल र कुञ्जना घिमिरेद्वयको पहलमा सन्तपुरमा बाढीपीडित दलित परिवारका लागि भूकम्प प्रतिरोधात्मक सुविधासम्पन्न ४७ घर निर्माण भएको छ । उक्त नमूना बस्तीमा सामुदायिक भवन, मन्दिर, क्लब, दृश्यावलोकनस्तम्भ निर्माण भएका छन् । करिब ५ करोड २४ लाखको लागतमा बस्ती निर्माण भएको हो ।

प्रकाशित : २३ माघ २०७४, मंगलवार १४:३८