राष्ट्रिय सभाको निर्वाचन भोली , यस्तो छ तयारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

राष्ट्रिय सभाको निर्वाचन भोली , यस्तो छ तयारी



काठमाडाै । निर्वाचन आयोगले भोलि हुने राष्ट्रिय सभा निर्वाचनको सम्पुर्ण तयारी पूरा भएको जनाएको छ । भोलि बिहान १० देखि ३ बजेसम्म हुने निर्वाचनका लागि आवश्यक सामाग्रीको ढुवानी तथा व्यवस्थापकीय काम सकिएको आयोगले जनाएको हो ।

२ नम्बर प्रदेशमा सबै सदस्य निर्विरोध भएको भन्दै आयोगले बाँकी प्रदेशमा दुई, दुई वटाको दरले १२ वटा मतदान केन्द्र निर्माण गरेको जनाएको छ । अन्य प्रदेशमा पनि १६ जना निर्बिरोध निर्वाचित भइसकेकाले निर्वाचनबाट छानिने ५६ मध्ये ३२ सदस्य पदका लागि मात्र भोली निर्वाचन हुन लागेको हो।

निर्वाचनमा ५२ जना प्रतिस्पर्धामा उत्रिएका छन् । बहुमतीय र एकल संक्रमणीय निर्वाचन प्रणालीका आधारमा निर्वाचनका लागि चार वटा मतपत्रको व्यवस्था गरिएको आयोगले जनाएको छ । राष्ट्रिय सभा निर्वाचनमा स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार १८ र प्रदेश सभा सदस्यको मतभार ४८ कायम गरिएको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनमा पनि एमाले माओवादी केन्द्रले साझा उम्मेदवार उठाएका छन् । मधेशवादी र केहि साना दलले कांग्रेससँग तालमेल गरेका छन् ।

प्रकाशित : २३ माघ २०७४, मंगलवार १५:०२