राष्ट्र बैंकका कर्मचारीलाई ५ अर्ब रुपैयाँको बम्पर योजना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

राष्ट्र बैंकका कर्मचारीलाई ५ अर्ब रुपैयाँको बम्पर योजना



काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्ना कर्मचारीलाई ५ अर्ब रुपैयाँ बराबरको ‘बम्पर प्याकेज’ सुविधा दिने तयारी गरेको खबर आजको नागिरक दैनिकमा छापिएको छ ।

राष्ट्र बैंक उच्च स्रोतका अनुसार यो प्याकेजले प्रत्येक कर्मचारीलाई ४५ लाख रूपैयाँ बराबरको बिनाब्याजी घरजग्गा सापटी रकमदेखि खाइपाई आएका सबै शीर्षक अन्तर्गत भत्तामा साढे १८ प्रतिशतको बृद्धिसमेत समेटेको छ । हाल बैंकमा १ हजार २ सय ५० कर्मचारी छन् ।

 

घरजग्गा सापटी रकम नयाँ कर्मचारीका लागि एकमुष्ठ हो भने पुरानाका लागि थप २७ लाख रूपैयाँ लिन पाउने कार्षक सुविधा हो । घरजग्गा सापटीसहित भत्ता बवृद्धिसमेत जोड्दा राष्ट्र बैंकलाई एकैचोटि ५ अर्ब रूपैयाँ बराबरको व्ययभार पर्नेछ ।

केन्द्रीय बैंकका कर्मचारी आबद्ध तीनवटा युनियनसंग छलफल गरेपछि बैंक सञ्चालक सदस्य रामजी रेग्मी संयोजक रहेको समितिले उक्त बम्पर प्याकेज सुविधा कार्यान्वयनका लागि मंगलबार सञ्चालक समितिमा सिफारिस गरेको छ ।

प्रकाशित : २४ माघ २०७४, बुधबार ११:०७