एनआइसी एशियामा सी-आस्वा सेवा सुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एनआइसी एशियामा सी-आस्वा सेवा सुरु



काठमाण्डौ । एनआइसी एशिया बैंक लिमिटेडले सी आस्वा सेवा (Centralized Application for ASBA Based Issuance) सञ्चालनमा ल्याएको छ ।

नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्काशनमा धितोपत्र खरिद गर्न आवेदन दिंदा आगामी फागुन ११ गतेदेखि अनिवार्य रुपमा सीआस्वा सेवा सञ्चालनमा ल्याउन निर्देशन दिएपछि सीआस्वा अनिवार्य भएको हो ।

यो प्रणालीमार्फत आवेदन दिंदा सीआस्वा रजिष्ट्रेशन नम्बर अनिवार्य भएकोले ग्राहकहरुलाई समयमै सीआस्वा रजिष्ट्रेशन नम्बर प्रदान गर्ने उद्देश्यले बैंकले मंगलबारदेखि उक्त सेवा सञ्चालनमा ल्याएको छ । अब यस बैंकका ग्राहकले बैंकको मुलुकभर फैलिएको १६८ वटै शाखाहरुबाट सहज रुपमा सी—आस्वा रजिष्ट्रेशन नम्बर लिई सी—आस्वा प्रणाली मार्फत धितोपत्र खरिद गर्न आवेदन दिन सक्नेछन् ।

यो सेवा सञ्चालनमा आएसँगै ग्राहक महानुभाबहरुले बैंकबाट सी—आस्वा रजिष्ट्रेशन नम्बर लिई ‘मेरो सेयर’ मार्फत आफैं अनलाइन आवेदन दिन सक्नेछन् । यसैगरी, अनलाइन आवेदन दिन नसक्ने लगानीकर्ताको हकमा बैंकको कुनै पनि शाखामा गई सी—आस्वा फारम भरी आवेदन बराबरको रकम आफ्नो बैंक खातामा रोक्का राखी सहज रुपमा यस प्रणाली मार्फत आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

प्रकाशित : २४ माघ २०७४, बुधबार ११:२९