सिद्धार्थ बैंकको बोनस स्वीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सिद्धार्थ बैंकको बोनस स्वीकृत



काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको बोनस शेयरलाई नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ ।गत आर्थिक बर्षको नाफाबाट सेयरधनीलाई प्रस्ताव गरेको १४ प्रतिशत बोनस सेयर  स्वीकृत भएको हो। बोनस स्वीकृत भएसँगै बैंकलाई साधारण सभा आह्वान गर्ने मार्ग प्रशस्त बनेको हो ।

बैंक सञ्चालक समितिको पुस २० गते विहीबार सम्पन्न २८५ औं बैठकले सेयरधनीलाई बैंकको चुक्ता पूँजी ६ अर्ब ८२ करोड ६१ लाख १७ हजार १५५ रुपैयाँको १४ प्रतिशतले हुन आउने ९५ करोड ५६ लाख ५६ हजार ४०२ रुपैयाँको बोनस वितरण गर्ने निर्णय गरेको थियो ।

प्रस्तावित बोनस बैंकको आगामी १६ औ बार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण हुनेछ । बोनसपछि बैंकको चुक्ता पूँजी सात अर्ब ७८ करोड १७ लाख ७३ हजार ५५६ रुपैयाँ पुग्नेछ ।

हाल ६ अर्ब ८२ करोड रूपैयाँ चुक्त्ता पूँजी रहेकाे बैंकले  १० प्रतिशत हकप्रद विक्री गरेपछि राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्त्ता पूँजी आठ अर्ब पुग्नेछ ।

 

प्रकाशित : २४ माघ २०७४, बुधबार १५:११