‘डाबर स्कुल इम्युनो च्याम्प २०१७’ सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

‘डाबर स्कुल इम्युनो च्याम्प २०१७’ सम्पन्न



काठमाडौँ । डाबर नेपाल प्रालीले जाडो महिनालाई लक्षित गरी सञ्चालन गरेको ‘डाबर स्कुल इम्युनो च्याम्प २०१७’ सम्पन्न भएको छ । डाबरले जाडो याममा बालबालिकाकोे आन्तरिक शक्तिमा कमी आउने हुनाले आन्तरीक शक्ति बढाउन स्वस्थ्यबद्र्धक खानेकुरा बारे विद्यार्थीलाई जानकारी दिन कार्यक्रम आयोजना गरेको हो ।

एक महिनासम्म चलेको कार्यक्रममा देशभरीका ८६ वटा विद्यालयलाई समावेश गरिएको थियो । त्यसमध्ये १२ वटा विद्यालयलाई उत्कृष्ट घोषणा गरी डाबर नेपालले पुरस्कृत गरेको छ । साथै डाबरले न्यानो लगा संकलन गरी कारागारका बालबालिकालाई सहयोग गर्ने समेत जनाएको छ ।

डाबर नेपाल प्रा.लि.का बजार–व्यवस्थापन प्रमुख अभयप्रसाद गोर्खालीले डाबर स्कुलइम्युनो च्याम्प २०१७ बाट ३६ हजारभन्दा बढी विद्यार्थीसँग अन्तरक्रिया गर्ने मौका पाएको बताउँदै आगामी दिनमा कार्यक्रमलाई अझ प्रभावकारी बनाउने बताए ।

प्रकाशित : २४ माघ २०७४, बुधबार १८:४०